Home बैंक वित्त बचत के हो ? बचत गर्ने उपाय र फाइदा
बैंक वित्तवित्तीय साक्षरता

बचत के हो ? बचत गर्ने उपाय र फाइदा

Share
Share

वित्तीय साक्षरता । आफ्नो आम्दानीबाट खर्च कटाई जोगाएर राखिएको रकम नै बचत हो । भविष्यका विविध आवश्यकतालाई ध्यान दिई सञ्चित गरिएको रकम बचत हो । भविष्यको आवश्यकता, वित्तीय लक्ष्य तथा विभिन्न अनिश्चित प्रकृतिका खर्चलाई ध्यानमा राखेर बचतको योजना बनाउनु पर्दछ । 

बचतले हामीलाई भविष्यमा योजनाअनुसार खर्च गर्न, आफ्ना वित्तीय लक्ष्य पूरा गर्न र आकस्मिक रुपमा आइपर्ने खर्चको सामना गर्न सक्षम बनाउनका साथै सुरक्षित महसुस गराउँदछ ।

आवश्यकता र चाहनाको फरक बुझेर आफ्नो आय स्रोतबाट प्राप्त रकमबाट अत्यावश्यक खर्च, योजनाअनुसारका अन्य खर्च, कर्जा लिएको भए सोको किस्ता तिर्न, लगानी गर्न आयको प्रयोग गरी भविष्यका विविध आवश्यकतालाई दृष्टिगत गरी बचत गरियो भने सीमित स्रोतबाट अत्यधिक लाभ लिन र वित्तीय आवश्यकताहरु सहज तरिकाले पूर्ति गर्न सकिन्छ । 

बचतका उपाय
धेरै आम्दानी भएकाले मात्र बचत गर्ने हो वा बचत गर्न सक्दछन् भन्ने गलत धारणा अधिकांशमा रहेको पाइन्छ । तल उल्लेख गरिएका उपाय अवलम्बन गरी बचत गर्न सकिन्छ तर यसको लागि दृढ इच्छा र
स्वअनुशासनले ठूलो भूमिका खेल्दछ । 

» मानिसका चाहना असीमित हुने हुँदा आवश्यकतालाई विचार गरी अत्यावश्यक वस्तु वा सेवामा मात्र खर्च गर्ने बानी बसाल्ने,
» आफ्नो कमाइको केही हिस्सा नियमित बचत गरी बाँकी रकमबाट आवश्यकता पूरा गर्ने योजना बनाउने,
» इच्छा गरेको वस्तु वा सेवा महङ्गो भएमा त्यस्तोमा अहिले खर्च नगरी खर्च कटौती गर्ने,
» इच्छा गरेको वस्तु महँगो भएमा एक पटक प्रयोगमा आइसकेको वस्तु किनी खर्च कम गर्न सकिने,
» दैनिक गुजाराका उपभोग्य वस्तु तथा सेवा सुपथ मूल्यमा पाइने स्थानबाट खरिद गर्ने,
» बाहिरका महंगा खानाभन्दा घरमै बनाएर खाने,
» बालबालिकामा सानै उमेरदेखि बचत गर्ने र खुत्रुके प्रयोग गर्ने बानी बसाउने,
» लत्ताकपडा र गर गहनामा आवश्यकताअनुसार मात्र खर्च गर्ने ।

बचतका फाइदा
बचतले जीविकोपार्जन, बालबच्चाको शिक्षा, मनोरञ्जन, विवाह व्रतबन्ध, मृत्यु संस्कार जस्ता सामाजिक कार्य, स्वास्थ्य उपचार, वृद्धावस्थामा हुने खर्च मात्र नभई लगानी गर्न, व्यवसाय विस्तार गर्न, आफ्ना वित्तीय लक्ष्य र सामान, सेवा वा सुविधामा खर्च गर्ने आफ्ना सपना पूरा गर्न मद्दत गर्दछ । यसका अलावा भविष्यमा आइपर्ने आकस्मिक खर्च टार्नसमेत यसले सजिलो बनाउँदछ ।

आम्दानीको सही व्यवस्थापन गरी नियमित रुपमा बचत गरियो भने आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ र जीविकोपार्जन सहज र सुविधायुक्त हुनुका साथै कुनै समयमा रोजगारी गुम्यो, स्वास्थ्यमा कुनै ठूलो समस्या आयो, कुनै दुर्घटना भयो, आम्दानीको स्रोत निरन्तर हुन सकेन, अनिकाल प¥यो वा प्राकृतिक विपत्ति आइप¥यो भने पनि पहिले गरेको बचतको उपयोग गर्न सकिन्छ ।

 

नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता, आधारभुत अवधारणा’ पुस्तकबाट साभार गरिएकोे हो ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies