Home अन्तर्राष्ट्रिय सुनिता विलियम्स र बुच विल्मोरलाई लिन एलोन मस्कको अन्तरिक्षयान अन्तरिक्ष स्टेशन पुग्यो
अन्तर्राष्ट्रिय

सुनिता विलियम्स र बुच विल्मोरलाई लिन एलोन मस्कको अन्तरिक्षयान अन्तरिक्ष स्टेशन पुग्यो

Share
Share

२०८१ चैत ३ गते आइतबार । 

अन्तर्राष्ट्रिय । एलोन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन लगभग २८ घण्टा पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । 

नेपाली समयअनुसार आज बिहान करिब १० बजे यो यान अन्तरिक्ष स्टेशनमा पुगेको हो । यो अन्तरिक्ष यानले ९ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउनेछ ।

चार सदस्यीय क्रू–१० टोलीले शनिबार दिउँसो पौनो पाँच बजे (नेपाली समयअनुसार) स्पेसएक्सको फाल्कन ९ रकेटबाट उडान भरेको थियो । यो फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । 

क्रू–१० अन्तरिक्ष स्टेशनमा पुगेपछि, क्रू–९ अन्तरिक्ष यात्रीहरू निक हेग, सुनिता विलियम्स, बुच विल्मोर र अलेक्ज्याण्डर गोर्बुनोभ ड्र्यागन अन्तरिक्ष यानमा पृथ्वीमा फर्कनेछन् ।

यी चार अन्तरिक्ष यात्री मार्च १९ मा अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कन सक्ने बताइएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

इरानको सैन्य क्षमता ८४ प्रतिशत ध्वस्त, हर्मुज सुरक्षाको क्षतिपूर्ति खोज्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री...

विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, एकै महिनामा कमायो सवा खर्ब डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको...

चिनियाँ कम्पनीसँगको प्रतिस्पर्धाले जर्मनीको कार उद्योग संकटमा, फक्सवागनले १ लाख रोजगारी कटौती गर्दै

काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले...

इरानले बन्द गर्‍यो रणनीतिक होर्मुज जलसन्धि, मध्यपूर्वमा अमेरिकी सैन्य अखडा निशानामा

काठमाडौं । अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies