Home बैंक वित्त नेपाल बैंकको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त
बैंक वित्त

नेपाल बैंकको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त

Share
Share

२०८१ फागुन १३ गते मंगलबार । 
 

बैंकको खबर । नेपाल बैंकको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई बैंकको अध्यक्ष चयन गरेको हो । 

यसअघिका अध्यक्ष चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका थिए । त्यस पछि खाली रहेको अध्यक्ष पदमा सञ्चालक समितिले पंज्ञानीलाई नियुक्त गरेको हो । 

पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गएको भदौमा नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थ मन्त्रालयमा प्रशासन विभागमा सहसचिव छन् । 

पंज्ञानीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते नै अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।  
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies