Home बैंक वित्त बैंकिङ निक्षेप ६७ खर्ब ४० अर्ब पुग्यो
बैंक वित्त

बैंकिङ निक्षेप ६७ खर्ब ४० अर्ब पुग्यो

Share
Share

२०८१ फागुन १३ गते मंगलबार ।
 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आकार ६७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनि कगरेको तथ्यांकअनुसार गत आइतबार मात्रै प्रणालीमा छ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको आकार ५४ खर्ब ४१ अर्ब रुपैयाँ छ । आइतबार एक दिनमा एक अर्ब रुपैयाँ कर्जा थपिएको छ । 

यस अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४१ प्रतिशत रहेको छ । अर्थात कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपनि बैंकहरुले जम्मा ७९.४१ प्रतिशतमात्रै लगानी गरेका छन् । 

यहीकारण प्रणालीमा अहिले अधिक तरलताको स्थिति छ । तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अहिले पनि छ खर्ब २५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । अर्थतन्त्र सुस्त हुँदा बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । त्यसैले लगानीयोग्य पैसा थुप्रिदै गएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies