Home बैंक वित्त वित्तीय प्रणालीमा २५ करोड रुपैयाँ पठाउँदै राष्ट्र बैंक
बैंक वित्त

वित्तीय प्रणालीमा २५ करोड रुपैयाँ पठाउँदै राष्ट्र बैंक

Share
Share

२०८१ माघ २५ गते शुक्रबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ वित्तीय प्रणालीमा पठाउन लागेको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम निक्षेप लगानीको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ २८ गतेभित्र ब्याजदर सहित प्रस्ताव गर्न सूचना जारी गरेको छ । राष्ट्र बैंकले यो पैसा २०८१ फागुन ६ गेदेखि २०८२ फागुन ६ गतेसम्म निक्षेप राख्न लागेको जनाएको छ । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा तीन करोड ७५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा एक करोड २५ लाख रुपैयाँ निक्षेप राखिने जनाएको छ । 

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्था योग्य हुनका लागि तोकिएका सर्तहरु भने पुरा भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies