Home बैंक वित्त बढ्दै डिजिटल वित्तीय कारोबार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६० लाख नाघे
बैंक वित्त

बढ्दै डिजिटल वित्तीय कारोबार, मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ६० लाख नाघे

Share
Share

२०८१ माघ ३ गते बिहीबार ।

बैंकको खबर । नेपालमा डिजिटल वित्तीय कारोबार बढ्दै गएको छ । भुक्तानीका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, कनेक्ट आइपीएस, डेविट तथा क्रेडिट कार्डको प्रयोग बढेपछि डिजिटल कारोबार पनि बढेको हो ।

२०८१ मंसिर मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६० लाख नाघेको छ । भुक्तानीका लागि सजिलो, नोट बोक्नु नपर्ने लगायतका सुविधाका कारण मोबाइल बैंकिङमा आकर्षण बढेको देखिन्छ । 

राष्ट्र बैंकका अनुसार मंसिरसम्म दुई करोड ६० लाख ३४ हजार ३५४ जनाले मोबाइल बैंकिङ प्रयोग गरेका छन् । यस्तै २०८१ मंसिर महिनामा मोबाइल बैंकिङमार्फत तीन खर्ब ८८ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कात्तिकमा तीन खर्ब ७४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।

मोबाइल बैंकिङपछि भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटको प्रयोगकर्ता धेरै छन् । मंसिर मसान्तसम्म दुई करोड ५६ लाख ६२ हजार ९० जनाले मोबाइल वालेटको प्रयोग गरेका छन् । मोबाइल वालेटबाट २०८१ मंसिरमा मात्रै ४० अर्ब ७८ करोड ५० लाख रुपैयाँ कारोबार भएको छ । कात्तिकमा ३७ अर्ब ३१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

डेबिट कार्ड प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख १८ हजार १९२ पुगेको छ । मंसिरमा डेबिट कार्डबाट ९० अर्ब ७८ करोड रुपैयाँ कारोबार भएको छ । 

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । मंसिरसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २० लाख ८८ हजार ८३१ पुगेको छ । यस्तै मंसिरमा इन्टरनेट बैंकिङबाट १७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या पनि १३ लाख ५० हजार ७६९ पुगेको छ । यसबाहेक आइपीएस, इसीसी, आरटीजिएस, ब्रान्चलेस बैंकिङ सेन्टर्स, प्रिपेड कार्ड, क्रेडिट कार्ड, एटीएम मसिनबाट हुने कारोबार पनि बढेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies