Home बैंक वित्त माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै आईसीएफसी फाइनान्स
बैंक वित्त

माघ ९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै आईसीएफसी फाइनान्स

Share
Share

२०८१ पुस २९ गते सोमबार । 

बैंकको खबर । आईसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। 

फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ बिक्री गर्न लागेको हो । 

इनान्सले १००० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 

फाइनान्सले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री हुनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी हुनेछ ।

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

पुस ९ गतेदेखि खुला हुने ऋणपत्रको निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा माघ २३ गतेसम्म निष्काशन अवधि लम्बिनेछ । 

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

ऋणपत्र खरिद गर्न चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies