Home बैंक वित्त माघ महिनाका लागि बैंकहरुले तोके नयाँ ब्याजदर
बैंक वित्त

माघ महिनाका लागि बैंकहरुले तोके नयाँ ब्याजदर

Share
Share

२०८१ पुस २९ गते सोमबार । 

बैंकको खबर । वाणिज्य बैंकहरुले माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले माघमा पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

कृषि विकास र नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । अरु बैंकहरुले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा माघ महिनामा औसत ६.००१ प्रतिशत ब्याजदर कायम गरेका छन् । यो ब्याजदर पुसको तुलनामा ०.०१५५ प्रतिशत विन्दु कम हो । पुसमा औसत ब्याजदर ६.०१६५ प्रतिशत थियो । 

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिदै गएको छ । कर्जाको माग न्यून छ । यहीकारण बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । तर कात्तिक यता मुद्रास्फीति दर बढ्न थालेपछि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छैनन् । केही बैंकरले अब ब्याजदर यो भन्दा तल जान सक्ने ठाउँ नरहेको बताउँदै आएका छन् । कर्जाको माग न्यून हुँदा करिब डेढ वर्षदेखि बैंकहरुले ब्याजदर घटाउँदै आएका थिए । 

बैंकको नाम २०८१ पुस २०८१ माघ
नेपाल बैंक ५.६ ५.६
कृषि विकास बैंक ५.५ ५.५१
राष्ट्रिय वाणिज्य बैंक
एभरेष्ट बैंक
एनआईसी एसिया बैंक ६.६ ६.६
नबिल बैंक ५.७५ ५.७५
नेपाल एसबिआई बैंक ५.५
सानिमा बैंक ६.०५ ६.०५
सिटिजन्स बैंक इन्टरनेशनल ५.६५ ५.६५
प्राइम कमर्सियल बैंक ६.२५ ६.२५
कुमारी बैंक ५.९१ ५.९१
एनएमबि बैंक ६.६ ६.६
ग्लोबल आइएमई बैंक ५.७५ ५.७५
स्टाण्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
लक्ष्मी सनराइज बैंक ५.५ ५.७५
सिद्धार्थ बैंक
हिमालयन बैंक ६.२५ ६.२५
माछापुच्छ्रे बैंक
प्रभु बैंक ६.१ ६.१
औसत ब्याजदर ६.०१६५ ६.००१

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies