Home अर्थतन्त्र विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो
अर्थतन्त्रबैंक वित्त

विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो

Share
Share

२०८१ पुस २६ गते शुक्रबार । 

बैंकको खबर । विदेशी विनिमय सञ्चिति बढेर मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ बराबर पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति २०८१ मंसिर मसान्तसम्म ११.४ प्रतिशतले बढेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा
१८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड पैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भई २ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको छ । 

२०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १८ दिनको वस्तु आयात र १४ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

२०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

युट्युबको सिकाइले बनायो सफल किसान, कागती बगैँचाबाट सुलोचनाको लाखौँ आम्दानी

दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम...

ऊर्जा मन्त्रालयको सय दिन : थपियो १३८ मेगावाट विद्युत, रोक्का रहेका प्रसारण लाइन सुचारु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको...

धुलिखेल-खावा सडकखण्ड : रातको समयमा बन्द नगरिने

काभ्रे । बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डमा...

चर्को घाममा महँगो खर्च गरेर रोपाइँ गर्दै मर्चवारका किसान, उत्पादन घट्ने चिन्तामा

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies