Home बैंक वित्त माघ १ गतेदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
बैंक वित्त

माघ १ गतेदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

Share
Share

२०८१ पुस २६ गते शुक्रबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ । 

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था
मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

नयाँ निर्देशन अनुसार, अब खाता खोल्दा केवाईसी विवरण भरिराख्नु पर्ने छैन । यदि ग्राहकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखको आधारमा खाता खोल्न चाहन्छ भने यसले खाता खोल्ने प्रक्रिया थप सजिलो बनाउने अपेक्षा गरिएको छ। 

नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था पनि गरेको छ । 

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउन निर्देशन दिएको छ। यसले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन र नियमावली अनुरूप ग्राहकको पहिचान र पुष्टि सुनिश्चित गर्नेछ।

निर्देशन अनुसार, आगामी माघ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ। 

साथै, विद्युतीय माध्यमबाट गरिने कारोबारमा सुरक्षा उपायहरू अपनाउनका लागि बैंक र वित्तीय संस्थाहरूलाई विशेष सावधानी अपनाउन पनि निर्देशन दिएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies