२०८१ पुस २६ गते शुक्रबार ।
बीमा खबर । नेपाल बीमा प्राधिकरणले हाल रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज (शुक्रबार) एक सुचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणको अध्यक्षको पद पूर्ति खुला प्रतिस्पर्धाबाट गरिने भएको छ र इच्छुक व्यक्तिहरूले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य आवेदन पेश गर्नुपर्नेछ।
अध्यक्ष बन्न इच्छुक उम्मेदवारले मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित अर्थशास्त्र, वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर डिग्री वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।
बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भई निलम्बनमा परेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ । प्राधिकरणको अध्यक्ष्ँको जिम्मेवारीअहिले अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले सम्हालिरहेका छन्।
📎 Attached Document
📄 Attached File: document_2032_नपल_बम_परधकरणक_अधयकष.pdf
⚠️ File hosted externally

Leave a comment