Home बैंक वित्त लहान शाखा कार्यालयको घटनाबारे कृषि विकास बैंकको ध्यानाकर्षण
बैंक वित्त

लहान शाखा कार्यालयको घटनाबारे कृषि विकास बैंकको ध्यानाकर्षण

Share
Share

२०८१ पुस २६ गते शुक्रबार ।

बैंकको खबर । कृषि विकास बैंकले आफ्ना लाहान शाखा कार्यालयका कर्मचारी तथा व्यवस्थापनसम्बन्धी विभिन्न भ्रमपूर्ण समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सार्वजनिक रूपमा स्पष्टीकरण जारी गरेको छ। बैंकले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक संजाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपुर्ण समाचार आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । यस्तै, अत्यावश्यक बैंकिङ सेवा ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने गरी बैंकमा तालावन्दी ढुङ्गामुढा र होहल्ला गरि बैंकिङ सेवा वन्द गर्ने कार्य भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

यसरी सत्य तथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको र बैंकको सेवा प्रवाह अवरुद्ध भएको बैंकले जनाएको छ । यस खालका अमर्यादीत एवं अवाञ्छित व्यवहार गरी बैंक जस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्पे्रषण गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले उक्त घटनाको पूर्ण विवरणसहित आवश्यक अनुसन्धान कार्य अघि बढाई सकिएको जनाएको छ। साथै, नियमानुसार सम्बन्धित पक्षहरूसँग आवश्यक कानूनी प्रक्रिया समेत अघि बढाएको छ। बैंकले भनेको छ, ‘हाम्रो उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। यस प्रकारका तथ्यहीन कुराहरूले बैंकको छवि बिगार्ने प्रयास भएको छ, जसलाई बैंकले गम्भीर रूपमा लिएको छ ।
लामो समयसम्म कजौ चुक्ता नगरेपछि बैंकले पटकपटक सूचना दिएर पनि ऋणी रामचन्द्र यादवले चासो नदिएपछि कानुनसम्मत लिलामी प्रक्रियाबाट कर्जा अशुली गरेको विषयलाई लिएर लहान शाखामा अहिले ऋणी यादवले विरोध प्रदर्शन गरिरहेका छन् । 

धितो लिलामी प्रकृयामा असहमति जनाई ऋणी/धितो जमानत दाता समेतको संलग्नतामा पुस ११ र २३ गतेका दिन केही व्यक्तिहरुले बैकको लहान शाखाको प्रांगण आसपास तथा लहान बजार भरी भ्रम सिर्जना हुनेगरी गलत प्रचार प्रसार नाराबाजी गरेको, हुल हुज्जत गरेको र सामाजिक संजाल तथा अन्य सञ्चार माध्यममा सत्य तथ्य विपरित अनर्गल तथा कपोलकल्पित समाचार सम्प्रेषण गरेको बैंकले उल्लेख गरेको छ । साथै उनीहरुले जनमानसमा भ्रम श्रृजना गर्ने तथा बैंकको नियमित कारोवार सञ्चालनमा बाधा पुग्नेगरी कार्यालयमा तालावन्दी गर्नुका साथै कर्मचारीहरुमाथि अमर्यादीत तरिकाले गालि गलौज र धाकधम्की दिई बैंकको मुल गेटमा समेत पाल विच्छाई धर्नामा वसी बैंक सञ्चालनमा बाधा पु¥याएका छन् । पुस २५ गते पनि पुनः निज ऋणी सहितको भीड जम्मा भई बैंकको लहान शाखामा तालावन्दी गर्ने, ढुङ्गामुढा तथा तोडफोड गर्ने जस्ता अवाञ्छित गतिविधि गरी बैंकको भौतिक सम्पत्तिको नोक्सानी गराउने, बैंकको सेवा अवरुद्ध गराउने तथा बैंक कर्मचारीहरुको सुरक्षामा समेत गंभीर आँच आउन सक्ने खालका गैरकानूनी तथा अवाञ्छित कार्य भएको बैंकले जनाएको छ । 

बैंकले सम्बन्धित ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरु कानूनी उपचार खोज्नु भन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह  फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरुको मनोवल गिराउने तथा समग्र बैंकिङ सेवा अवरुद्ध गराउने तर्फ उद्यत देखिएको भन्दै यस्तो अवाञ्छित गतिविधि प्रति बैंकले आपत्ति प्रकट गरेको छ । 

लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदा हुँदै बंैक जस्तो सम्बेदनशील सस्ंथाको सेवा अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु उचित नहुने उल्लेख गर्दै बैंकको सेवा निर्वाध रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि अनुरोध गरेको छ ।
 

📎 Attached Document

📄 Attached File: document_2031_लहन_शख_करयलयक_घटनबर.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies