Home बैंक वित्त बैंकहरुको निक्षेप ६६ खर्ब ९१ अर्ब पुग्यो
बैंक वित्त

बैंकहरुको निक्षेप ६६ खर्ब ९१ अर्ब पुग्यो

Share
Share

२०८१ पुस २५ गते बिहीबार । 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ६६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यो निक्षेप पुस २३ गतेसम्मको हो । पुस २३ गते मात्रै प्रणालीमा चार अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

सो अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा ५३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमा बैंकहरुले लगानी गरेको कर्जाको आकार तीन अर्ब रुपैयाँ बढेको छ । 

वाणिज्य बैंकहरुले ५९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४७ खर्ब ६२ अर्ब रुपैयाँ ऋण लगनी गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले सात खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी छ खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

पछिल्लो समय बजारमा कर्जाको माग न्यून हुँदा कर्जा विस्तरको तुलनामा निक्षेप संकलन बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर कर्जाको माग न्यून हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.०५ प्रतिशत रहेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies