Home बैंक वित्त सेयरबजार १८ अंकले घट्यो
बैंक वित्त

सेयरबजार १८ अंकले घट्यो

Share
Share

२०८१ पुस २५ गते बिहीबार । 

सेयर खबर । सेयरबजारमा आज कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा झरेको छ । नेप्से घटेपनि कारोबार रकम भने केही बढेको छ । सात अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । गत मंसिर २३ गते यता सेयरबजारमा कुनैपनि दिन सात अर्ब बढीको कारोबार भएको थिएन । 

कारोबारमा आएका २४२ कम्पनीमध्ये १८० वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । बाँकीमध्ये ५५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने सात वटाको स्थिर रहेको छ ।

होटल तथा पर्यटन बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स र विकास बैंक समूह घटेको छ । फाइनान्स समूह २.९३ प्रतिशत र विकास बैंक समूह २.०४ प्रतिशतले घटेको छ । विकास बैंक र फाइनान्स कम्पनी गरी आधादर्जन वित्तीय संस्थामाथि राष्ट्र बैंकले निगरानी बढाएको खबर आएपछि यि दुई समूह बढी प्रभावित भएको देखिन्छ । 

बजार घटेपनि बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२३ प्रतिशत घटेको छ । त्यसपछि मायाखोला हाइड्रोपावरको सेयरमूल्य ८.४६ प्रतिशत घटेको छ । 

सबैभन्दा धेरै सेयर कारोबार सुपर मादि हाइड्रोपावरको ४४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies