Home बैंक वित्त पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा एभरेष्ट बैंकको नयाँ शाखा शुभारम्भ 
बैंक वित्त

पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा एभरेष्ट बैंकको नयाँ शाखा शुभारम्भ 

Share
Share

२०८१ पुस १२ गते शुक्रबार । 

बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

यी दुई शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या एक सय ३१ पुगेको बैंकले जनाएको छ । यस्तै कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ ।

बैंकले देशभरका आफ्ना ग्राहकलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय विस्तार गर्दै आएको छ । यसबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा लिन सहज हुने विश्वास बैंकले लिएको छ । 

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकका १४ लाख भन्दा बढी ग्राहकहरु छन् । बैंकले देशभर सञ्चालनमा रहेका एक सय ३१ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बंैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies