Home अन्तर्राष्ट्रिय भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
अन्तर्राष्ट्रियबैंक वित्त

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

Share
Share

२०८१ पुस ११ गते बिहीबार ।

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई बिहीबार बेलुका ८ः०६ बजे दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा भर्ना गरिएको थियो ।  उनी घरमै बेहोस भएका थिए । उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो, जहाँ राति ९:५१ मा उनले अन्तिम सास लिए ।

मनमोहन सिंह दुई पटक देशको प्रधानमन्त्री भए । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए । यसअघि पनि उनलाई पटकपटक अस्पताल भर्ना गरिएको थियो ।

 

सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६मा पश्चिमी पञ्जाबको गाह गाउँ (अहिलेको पाकिस्तान)मा भएको थियो । 

सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनले अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, योजना आयोगको प्रमुख भएर काम गरेका थिए । सिंहले आर्थिक उदारीकरण, निजीकरण र भूमण्डलीकरणका नीतिहरू लागू गरेका थिए जसले भारतीय अर्थतन्त्रलाई नयाँ दिशा दिएको थियो । 
 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies