Home अर्थतन्त्र अमेरिकी डलरको भाउ उच्च विन्दुमा, अर्थतन्त्रमा कस्तो असर पर्छ ?
अर्थतन्त्रबैंक वित्त

अमेरिकी डलरको भाउ उच्च विन्दुमा, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

Share
Share

२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । अमेरिकी डलरको भाउले आफ फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०९ पैसा कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । 

यसअघि मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०८ पैसा पुगेर रेकर्ड बनाएको थियो । त्यो रेकर्ड मूल्यलाई आज तोडेको हो ।

डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि अवमूल्यन हुँदै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । 

डलरको भाउ बढ्दा के हुन्छ ?
डलरको भाउ बढ्दा आयात महँगो पर्छ । यस्तै सरकारलाई वैदेशिक ऋणको लागत पनि बढ्छ । विद्येश अध्ययनमा जाने र भ्रमणमा जाने नेपाली नागरिकले बढी पैसा तिर्नुपर्छ ।

तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटन क्षेत्रमा पनि फाइदा पुग्छ । 

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies