Home अन्तर्राष्ट्रिय ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने
अन्तर्राष्ट्रियबैंक वित्त

ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने

Share
Share

२०८१ पुस १ गते सोमबार । 

बैंकको खबर । युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टीन लेगार्डले युरोक्षेत्रमा ब्याजदर थप कटौती हुनसक्ने बताएकी छन् । उनले युरोक्षेत्रको मुद्रास्फीति ईसीबीको दुई प्रतिशतको लक्ष्यतर्फ झरेमा ब्याज दरमा थप कटौती गर्न सकिने बताएकी हुन् । 

बैङ्क अफ लिथुआनियामा आयोजित एक सम्बोधनमा लेगार्डले भनिन, “यदि आउने तथ्यांकले हाम्रो आधार रेखालाई पुष्टि गर्ने क्रमलाई जारी राख्छ भने, यात्राको दिशा स्पष्ट छ र हामी ब्याज दरलाई अझ कम गर्ने अपेक्षा गर्दछौँ ।”

मुद्रास्फीति नियन्त्रणमा आउने देखिएपछि ईसीबीले गत साता ब्याजदर कटौती गरेको थियो । मुद्रास्फीतिमा देखिएको सहजता चक्रले ईसीबीको प्रमुख निक्षेप दरलाई चार प्रतिशतको सर्वकालिक उच्च अंकबाट तीन प्रतिशतमा झारेको छ।

केन्द्रीय बैङ्कले उपभोक्ताको मूल्यको चाप कम हुँदै गएपछि मौद्रिक नीतिलाई खुकुलो बनाउँदै आफ्नो सन्देशलाई नरम बनाउँदै लगेको छ ।

सन् २०२२ को अन्त्यमा १० प्रतिशतभन्दा माथि पुगेको युरो क्षेत्रको मुद्रास्फीति गत नोभेम्बरमा २.३ प्रतिशतमा झरेको थियो । 

ईसीबीले सन् २०२५ मा मुद्रास्फीति दर २.१ प्रतिशत र सन् २०२६ मा १.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies