Home कर्पोरेट शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज पुस १७ गते
कर्पोरेटबैंक वित्त

शिवम् सिमेन्टको लाभांश घोषणा, बुक क्लोज पुस १७ गते

Share
Share

२०८१ पुस १ गते सोमबार । 

कर्पोरेट । शिवम सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

सञ्चालक समितिको बैठकले पुस २९ गते, सोमबार, काठमाडौंको भुकृटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा बिहान ९ बजे साधारणसभा बोलाउने  निर्णय पनि गरेको छ । 

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

वीरगन्जमा पनि खुल्यो प्रिमियम विद्युतीय स्कुटर ‘एथर’को शोरुम, ८ वर्षको ब्याट्री वारेन्टी र विना ब्याज फाइनान्स सुविधा

पर्सा । प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथर नेपालले वीरगन्जमा नयाँ अनुभव केन्द्र...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies