Home अर्थतन्त्र अमेरिकी डलर हालसम्मकै महँगो
अर्थतन्त्रबैंक वित्त

अमेरिकी डलर हालसम्मकै महँगो

Share
Share

२०८१ मंसिर २६ गते बुधबार । 

बैंकको खबर । नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै महँगो भएको छ। राष्ट्र बैंकले आजका लागि एक डलरको खरिददर १३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३६ रुपैयाँ सात पैसा तोकेको छ । जुन यसअघि मंसिर २० गतेको रेकर्ड मूल्यभन्दा धेरै हो । मंसिर २० गते डलरको खरिददर १३५ रुपैयाँ २९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा थियो । 

मंगलबार एक डलरको खरिददर १३५ रुपैयाँ २८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८८ पैसा थियो। 

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँमा दबाब परेको हो । किनभने भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। 

डलरको भाउ महंगिदै जाँदा आयात महँगो हुन्छ, विदेशी ऋणको भार बढेर जान्छ भने विदेश अध्ययन र भ्रमणमा जानेले बढी पैसा तिर्नुपर्छ । डलरको भाउ बढ्दा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ । 

आज अमेरिकी डलरसँगै चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य पनि बढेको छ । यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । 
 
आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ३२ पैसा तोकेको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।
 
केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।
 
जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies