Home कर्पोरेट सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा
कर्पोरेटबैंक वित्त

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

Share
Share

२०८१ मंसिर २५ गते मंगलबार ।
कर्पोरेट । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । 

मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको यो प्रस्ताव नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

साधारणसभा पुस २८ गते
सञ्चालक समितिले पुस २८ गते साधारणसभा गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लािग पुस ९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसैले पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

वीरगन्जमा पनि खुल्यो प्रिमियम विद्युतीय स्कुटर ‘एथर’को शोरुम, ८ वर्षको ब्याट्री वारेन्टी र विना ब्याज फाइनान्स सुविधा

पर्सा । प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथर नेपालले वीरगन्जमा नयाँ अनुभव केन्द्र...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies