Home बैंक वित्त आज यि तीन कम्पनीको लाभांश सुरक्षित गर्नुहोस्
बैंक वित्त

आज यि तीन कम्पनीको लाभांश सुरक्षित गर्नुहोस्

Share
Share

२०८१ मंसिर २० गते बिहीबार । 

बैंकको खबर । आज नेपाल स्टक एक्सचेन्जमा सूचिकृत तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने दिन रहेको छ । आज (मंसिर २० गते) सूर्यज्योति लाइफ इन्सुरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सूर्यज्योति लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरले साधारणसभा तथा लाभांश प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गर्नेछन् । यस्तै फर्स्ट माइक्रोफाइनान्सले भने मंसिर २४ गते बुक क्लोज गर्दैछ । मंसिर २२ गते शुक्रबार र २३ गते शनिबार परेकाले यि दुई दिन नेप्सेमा कारोबार हुँदैन । त्यसैले आज २० गतेसम्म सेयर खरिद गर्ने सेयरधनीले तीन वटै कम्पनीको साधारणसभामा सहभागी हुन र वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूर्यज्योति लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लभांश पारित गर्न पुस ६ गते विराटनगरमा रहेको बिग होटलमा बिहान १० बजे १७ औँ वार्षिक साधारणसभा डाकेको छ । 

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न पुस १२ गते काठमाडौंको आम्रापाली ब्यांक्वेटमा बिहान ९ बजे १२ औं वार्षिक साधारणसभा डाकेको छ । 

फर्स्ट माइक्रोफाइनान्सले पनि गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सो लाभांश पारित माइक्रोफाइनान्सले पुस ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे १५औँ वार्षिक साधारणसभा बोलाएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies