Home बैंक वित्त आजबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुला
बैंक वित्त

आजबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुला

Share
Share

२०८१ मंसिर १९ गते बुधबार । 

बीमा खबर । आज मंसिर १९ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

इन्स्योरेन्सले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत (२२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर) आईपीओ निष्काशन गर्न लागेको हो । यसमध्ये १० प्रतिशत (२ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो। 

नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सो आईपीओ खरिद गर्न सक्नेछन् । 

इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies