Home बैंक वित्त विद्युतीय कारोबार गर्दा सजग हुन केन्द्रीय बैंकको आग्रह
बैंक वित्त

विद्युतीय कारोबार गर्दा सजग हुन केन्द्रीय बैंकको आग्रह

Share
Share

२०८१ मंसिर १८ गते मंगलबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । 

राष्ट्र बैंकले सूचना जारी गर्दै विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुनसक्ने जनाएको छ ।

विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकम लगायत सबै विवरण त्रुटिरहित भएको यकिन गरेर मात्र कारोबार गर्न आग्रह गरेको छ । 

राष्ट्र बैंकले रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे/नरहेको यकिन गर्न सुझाव दिएको छ । 

विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न पनि आग्रह गरेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies