Home पुँजी बजार सेयरबजारमा साढे १० अर्बको कारोबार
पुँजी बजारबैंक वित्त

सेयरबजारमा साढे १० अर्बको कारोबार

Share
Share

२०८१ मंसिर १७ गते सोमबार । 

सेयर खबर । सेयरबजारमा आज साढे १० अर्ब बढीको कारोबार भएको छ । कारोबार सुरु भएपछि केही समय उच्च अंकले बढेको बजारमा पछि सामान्य उतारचढावबीच कारोबार भइरहेको थियो । तरपनि सोमबार मात्रै १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भयो । 

कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले बढेर दुई हजार सात सय ५८ विन्दुमा कायम भएको छ। कारोबार भएका २४४ कम्पनीमध्ये १२६ वटाको सेयरमूल्य बढेको छ भने १११ वटाको घटेको छ । बाँकी सात वटाको स्थिर रहेको छ । 

आज बैंकिङ ०.५९ प्रतिशत, विकास बैंक १.७२, फाइनान्स १.९७ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.७० र होटल तथा पर्यटन समूह ४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन तथा प्रशोधन समूह ०.१५, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.४१ र निर्जीवन बीमा ०.२० प्रतिशतले बढेको छ ।

तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका सेयरधनीले ८.७२ प्रतिशतले गुमाएका छन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies