Home बैंक वित्त नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
बैंक वित्त

नेपाल बैंकर्स संघ बन्यो एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

Share
Share

बैंकको खबर । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी/विश्व बैंकको समर्थनप्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य/सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । 

यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमाप्रदायकहरू, लगानी कोषहरू, बैंकिङ्ग र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन्, जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले  नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत पुर्याउने बताए ।   

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ्ग क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies