Home पुँजी बजार सेयरबजारमा बढ्यो लगानीकर्ताको चहलपहल, नेप्से ६२ अंकले बढ्दा ९ अर्ब ७७ करोडको कारोबार
पुँजी बजारबैंक वित्त

सेयरबजारमा बढ्यो लगानीकर्ताको चहलपहल, नेप्से ६२ अंकले बढ्दा ९ अर्ब ७७ करोडको कारोबार

Share
Share

२०८१ कात्तिक २५, आइतबार ।

सेयर खबर । चाडपर्व सकिएसँगै खुलेको सेयरबजारमा लगानीकर्ताको चहलपहल बढेको छ । आज कारोबार मापक नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा पुगेको छ । कारोबार रकम पनि उच्च भएको छ । नौ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको दुई करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २२८ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर १३ कम्पनीका सेयरधनीले आज गुमाएका छन् भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण सबैभन्दा धेरै देखियो । यो समूह ४.२६ प्रतिशत बढेको छ । त्यसपछि होटल तथा पर्यटन, विकास बैंक, लगानी, अन्य, फाइनान्स, उत्पादन तथा प्रशोधन र जस्वन बीमा समूह दुई प्रतिशतभन्दा धेरै बढेका छन् । वाणिज्य बैंकहरुको बैंकिङ समूह १.६२ प्रतिशत बढेको छ । निर्जीवन बीमा १.९५ प्रतिशत र लघुवित्त १.५१ प्रतिशतले बढेको छ । ब्यापार समूह १.१५ प्रतिशत, होटल तथा पर्यटन ०.९६ प्रतिशत र म्युचुअल फण्ड ०.६२ प्रतिशत बढेको छ । 
 

कारोबार बन्द हुँदासम्म छ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सानिमा जीआईसी इन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै ३८ करोड रुपैयाँ बढीको भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमै ९९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण ३४ अर्ब रुपैयाँ बढेर १५ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies