Home बैंक वित्त बैंकहरुले कर्जा विस्तार गर्न सकेनन, प्रणालीबाट फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
बैंक वित्त

बैंकहरुले कर्जा विस्तार गर्न सकेनन, प्रणालीबाट फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८१ कात्तिक २५ गते आइतबार ।

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्न नसक्दा प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । 

केन्द्रीय बैंकले आज (कात्तिक २५ गते) २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । राष्ट्र बैंकले बहुब्याजदरमा समेत बोलकबोल गर्न सकिने जनाएको छ  । 

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

यस निक्षेप संकलन उपकरणको मंसिर १६ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ । यसअघि बैंकले कात्तिक २१ गते प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies