Home अर्थतन्त्र फेरि बढ्यो डलरको भाउ, नेपाली रुपैयाँ निरन्तर अवमूल्यन
अर्थतन्त्रबैंक वित्त

फेरि बढ्यो डलरको भाउ, नेपाली रुपैयाँ निरन्तर अवमूल्यन

Share
Share

काठमाडौं, २०८१ कात्तिक २३ ।

बैंकको खबर । नेपाली बजारमा आज पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा र खरिददर १३४ रुपैयाँ ७० पैसा तोकेको छ । यो मूल्य हिजो बिहीबारको तुलनामा १४ पैसा बढी हो । बिहीबार एक डलरको बिक्रीदर १३५ रुपैयाँ १६ पैसा र खरिददर १३४ रुपैयाँ ५६ पैसा थियो । 

आज युरोपियन युरो एकको खरिदर एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ८६ पैसा रहेको थियो ।

त्यसैगरी युके पाउण्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३७ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies