Home बैंक वित्त समृद्धि फाइनान्सले मंसिर ६ गते डाक्यो वार्षिक साधारणसभा
बैंक वित्त

समृद्धि फाइनान्सले मंसिर ६ गते डाक्यो वार्षिक साधारणसभा

Share
Share

बैंकको खबर । समृद्धि फाइनान्सले २०८१ मंसिर ६ गते बिहीबार मकवानपुर जिल्ला हेटौडामा स्थित होटल एभोकाडो (अर्किड रिसोर्ट)मा बिहान १० बजे २३औँ वार्षिक साधारणसभा बोलाएको छ । 

कात्तिक १३ गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गर्नेछ । 

यस्तै साधारणसभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीसँग एक आपसमा गाभ्ने गामिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)को लागि छलफल गरी निर्णय गर्नेछ ।

फाइनान्सले साधारणसभा प्रयोजनका लागि  कात्तिक २५ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । 

all banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies