Home बीमा तीन महिनामा जीवन बीमा कम्पनीहरुले गरे ४१ अर्ब बढीको ब्यापार
बीमाबैंक वित्त

तीन महिनामा जीवन बीमा कम्पनीहरुले गरे ४१ अर्ब बढीको ब्यापार

Share
Share

बीमा खबर । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढीको व्यापार गरेका छन् । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म ४१ अर्ब आठ करोड एक लाख रुपैयाँबराबर बीमाशुल्क सङ्कलन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क सात अर्ब ५३ करोड ९५ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क ६१ करोड ८८ लाख रुपैयाँ र बीमा नवीकरणबापत ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले असोजसम्म सबैभन्दा धेरै ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । नेपाल लाइफपछि धेरै बीमा शुल्क सङ्कलन गर्ने कम्पनी नेसनल लाइफ छ । नेसनल लाइफलेले चार अर्ब ९० करोड ५० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । यसपछि, एलआईसी नेपालले चार अर्ब ५७ लाख ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

हिमालयन लाइफले चार अर्ब ३१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले दुई अर्ब तीन करोड ६८ लाख, सानिमा रिलायन्स लाइफले एक अर्ब ५७ करोड २२ लाख, प्रभु महालक्ष्मीले एक अर्ब २४ करोड दुई लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा कम बीमाशुल्क संकलन सन नेपाल लाइफ इन्स्योरेन्सले ९३ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । 

सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरुले भने यस वर्षको पहिलो तीन महिनामा २२ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा धेरै व्यवसाय गर्ने गार्डियन माइक्रो लाइफले आठ करोड ७१ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले सात करोड ९७ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले पाँच करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies