Home अन्तर्राष्ट्रिय भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त बने विश्वको शीर्ष केन्द्रीय बैंकर
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त बने विश्वको शीर्ष केन्द्रीय बैंकर

Share
Share

बैंकको खबर । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक इन्डिया (आरबीआई)का गभर्नर शक्तिकान्त दास लगातार दोस्रो वर्ष विश्वको शीर्ष केन्द्रीय बैंकर बनेका छन् । शक्तिकान्त दासले केन्द्रीय बैंकको रिपोर्ट कार्ड २०२४ मा फेरि ए प्लस ग्रेड पाएका छन् । यो अवार्ड अमेरिकाको वाशिङटन डिसीमा रहेको ग्लोबल फाइनान्सले आरबीआई गभर्नरलाई प्रदान गरेको हो ।

आरबीआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शक्तिकान्त दासको अवार्ड पाएका केही तस्बिरहरू शेयर गरेको छ । ग्लोबल फाइनान्सले दुई महिनाअघि यो अवार्ड घोषणा गरेको थियो ।

शक्तिकान्त दासलाई मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि, मुद्रामा स्थायित्व र ब्याजदर नियन्त्रणका लागि यो सम्मान प्रदान गरिएको हो । उनी गत वर्ष पनि शीर्ष केन्द्रीय बैंकर निर्वाचित भएका थिए । उनले गतवर्ष पनि ए प्लस रेटिंग पाएका थिए । गत वर्ष जुनमा लण्डनमा सम्पन्न सेन्ट्रल बैंकिङ अवार्ड २०२३ मा दासलाई ‘गभर्नर अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको थियो ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies