Home बैंक वित्त एभरेष्ट बैंकको नाफा ४४.४४ प्रतिशत बढ्यो, कमायो एक अर्ब १२ करोड, ईपीएस कति ?
बैंक वित्त

एभरेष्ट बैंकको नाफा ४४.४४ प्रतिशत बढ्यो, कमायो एक अर्ब १२ करोड, ईपीएस कति ?

Share
Share

बैंकको खबर । एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ७८ करोड सात ला ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैंकको सञ्चालन मुनाफा बढेको, ब्याज आम्दानी बढेको र एम्पेइरमेन्ट चार्ज बापत छुट्याएको रकम घटेको कारण बैंकको नाफामा उल्लेख्य सुधार आएको हो । बैंकको इम्पेइरमेन्ट चार्ज ४२ करोड ९५ लाख बाट घटेर १० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । 

बैंकको निष्क्रिय कर्जा पनि घटेको छ । गतवर्ष असोजसम्म ०.९० प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले घटेर ०.७७ प्रतिशत विन्दुमा झरेको छ । 

१२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५३ करोड ५५ लाख ८७ हजार रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १९ पैसाबाट बढेर ३४ रुपैयाँ ८५ पैसा पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा र प्रतिसेयर नेटवर्थ २१९.०१ रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ६३ करोड नौ लाख २७ हजार रुपैयाँ छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies