Home बैंक वित्त लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा
बैंक वित्तलघुवित्त

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा

Share
Share

बैंकको खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते शुक्रबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन भगवती बाहलमा २३औँ वार्षिक साधारणसभा डाकेको छ । 

लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने लघुवित्तले जनाएको छ ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

त्यस्तै, साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले कात्तिक ९ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले कात्तिक ८ गतेसम्म दोस्रो बजारमा सेयर कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागि हुन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies