बैंकको खबर। कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी उपमहानगरपालिकालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले भदौ ९ गते आइतबार एक कार्यक्रम आयोजना गरी सो रकमको चेक हस्तान्तरण गरेको जनाएको ।
सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत करिब एक सय विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरि वितरण गरिनेछ ।
कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंककातर्फबाट उपमहाप्रबन्धक द्वय यज्ञप्रकाश न्यौपाने र प्रेमकुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागिय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आइरहेको र आगामी दिनमा सम्पूर्ण बैंकिङ सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यगरेका थिए ।
All banking information at your fingertips.

Leave a comment