Home बैंक वित्त प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर दिने
बैंक वित्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर दिने

Share
Share

बीमा खबर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश घोषणा गरेको छ । 
इन्स्योरेन्सले चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

भदौ ७ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । 

बैठकले २०८० पुस २९ गते सम्पन्न छैठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको हकप्रद सेयरको दर पनि संशोधन गरेको छ । नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेकोमा अब बोनस सेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । 

सात प्रतिशत हकप्रद सेयर जारी गर्न सैद्धान्तीक स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि पठाउने र प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने निर्णय पनि गरेको छ । 
 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1448_परभ_महलकषम_लइफ_इनसयर.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies