Home बैंक वित्त मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४६ लाख पुग्यो
बैंक वित्तरिपोर्ट तथा सूचना

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४६ लाख पुग्यो

Share
Share

बैंकको खबर । नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ । २०८१ जेठमा यो संख्या २ करोड ४३ लाख ६३ हजार ७७६ थियो । एक वर्षअघि २०८० असार मसान्तमा २ करोड १३ लाख ६३ हजार ९८९ जनाले मोबाइल बैंकिङ सुविधा लिएका थिए । 

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या एक वर्ष अघिको तुलनामा बढेका छ भने गत जेठको तुलनामा असारमा घटेको छ । एक वर्षअघि २०८० असार मसान्तमा १८ लाख ५६ हजार १९५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८१ असार मसान्तमा १९ लाख १९ हजार ३२२ जना छन् । २०८१ जेठ मसान्तमा यस्तो संख्या १९ लाख ४५ हजार ७३६ थियो । 

मोबाइल वालेट प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । २०८१ असार मसान्तमा मोबाइल वालेट प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ६१ हजार १०७ छ । एक वर्षअघि २०८० असार मसान्तमा यस्तो संख्या १ करोड ८९ लाख ४१ हजार ७९३ थियो । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies