Home बैंक वित्त नेप्से सामान्य बढ्यो, १९ अर्बको कारोबार
बैंक वित्त

नेप्से सामान्य बढ्यो, १९ अर्बको कारोबार

Share
Share

काठमाडौं, ६ भदौ । सेयरबजारमा बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से ६।०१ अंकले बढेर दुई हजार नौ सय ७४।४६ विन्दुमा पुगेको छ । १९ अर्ब १६ करोड ६ लाख रुपैयाँ बराबरको ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा घटेका छन भने ७ वटा बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा र म्युचुअल फण्ड समूह बढेका छन् । लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूह घटेका छन् । 

नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, १०।२५ एसबिएल डिवेञ्चरको मूल्य १० प्रतिशत घटेको छ । 

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर कारोबार सबैभन्दा धेरै १ अबै चार करोड रुपैयाँ बराबरको भएको छ । समग्र बजार पुँजीकरण ४७ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । यस्तै साधारण सेयर तर्फको पुँजीकरण १६ खर्ब ६९ अर्ब रुपैयाँ कायम छ ।  

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies