बैंकको खबर । नेपाल राष्ट्र बैंकले विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीले शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने रकम बाहेक निर्वाह खर्च बापत पनि विदेशी मुद्रामा पैसा लैजान पाउने व्यवस्था गरेको छ ।
विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, ‘नो अब्जेक्सन लेटर’, सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने रकम विदेशी मुद्रामा भुक्तानी लैजान सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोर्टीङ कागजातको आधारमा सटही सुविधा प्राप्त गर्न सक्छन भने सपोर्टीङ कागजातमा निर्वाह खर्च नखुलेको अवस्थामा निम्न बमोजिम सटही सुविधा पाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
क्र.सं. |
देशको नाम |
वार्षिक रुपमा पाउने अधिकतमनिर्वाह खर्च (अमेरिकी डलरमा) |
१ |
बंगलादेश, पाकिस्तान |
२,५००।– |
२ |
चीन, मलेसिया, थाइल्याण्ड, फिलिपिन्स |
४,०००।– |
३ |
सिंगापुर, दक्षिण कोरिया |
६,०००।– |
४ |
क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युरोप महादेश |
८,०००।– |
५ |
अन्य देशहरु |
५,०००।– |
All financial information at your fingertips.
📎 Attached Document
📄 Attached File: document_1410_वदश_अधययनम_जन_नपल_वद.pdf
⚠️ File hosted externally

Leave a comment