Home बैंक वित्त आकासियो डलरको भाउ, आज पनि बन्यो नयाँ रेकर्ड
बैंक वित्त

आकासियो डलरको भाउ, आज पनि बन्यो नयाँ रेकर्ड

Share
Share

बैंकको खबर । नेपाली बजारमा डलरको मूल्यले बुधबार (२०८१ साउन २३ गते) पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ तीन पैसा तोकेको छ । मंगलबार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा र खरिददर १३३ रुपैयाँ ८६ पैसा थियो । बुधबार कायम अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च हो । डलरको मूल्य केही दिन यता लगातार बढेर नयाँ रकर्ड बनाउँदै गएको छ । 

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर छ । जसले गर्दा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेको कारण नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । 

डलरको भाउ महँगिदै जाँदा नेपालमा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ । अर्कोतर्फ आयात महँगो हुन्छ भने सरकारलाई ऋणको भार बढ्छ, विदेश अध्ययनमा जाने विद्यार्थीले बढी पैसा तिर्नुपर्छ । जसले गर्दा नेपालमा डलरको भाउ महँगिदा फाइदा भन्दा बेफाइदा धेरै हुने गरेको छ । 

बुधबार युरोपियन युरोको मूल्य भने केही घटेको छ । राष्ट्र बैंकले एक युरोको बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा र खरिददर १४६ रुपैयाँ १९ पैसा तोकेको छ । जुन मंगलबारको तुलनामा कम हो । मंगलबार एक युरोको बिक्रीदर १४७ रुपैयाँ २१ पैसा र खरिददर १४६ रुपैयाँ ५६ पैसा थियो । 

बेलायती पाउन्ड स्टर्लिङ्गको भाउ पनि घटेको छ । एक पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ र खरिद दर १७० रुपैयाँ २४ पैसा तोकेको छ । मंगलबार एक पाउन्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा र खरिददर १७० रुपैयाँ ६२ पैसा थियो । 

अस्ट्रेलियन डलरको भाउ भने केही बढेको छ । बुधबारका लागि अस्ट्रेलियन डलर एकको बिक्रीदर ८७ रुपैयाँ २६ पैसा र खरिददर ८६ रुपैयाँ ८७ पैसा तोकिएको छ । मंगलबार अस्ट्रेलियन डलर एकको बिक्रीदर ८६ रुपैयाँ ७० पैसा र खरिददर ८६  रुपैयाँ ३१ पैसा थियो । 

राष्ट्र बैंकले बुधबार लागि कतारी रियाल एकको बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा र खरिददर ३६ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको बक्रिीदर ३५ रुपैयाँ ८६ पैसा र खरिददर ३५ रुपैयाँ ७० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको बिक्रीदर ३० रुपैयाँ ९ पैसा र खरिददर २९ रुपैयाँ ९६ पैसा तोकेको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies