Home बैंक वित्त कुन वाणिज्य बैंकको लाभांश क्षमता कति ?
बैंक वित्त

कुन वाणिज्य बैंकको लाभांश क्षमता कति ?

Share
Share

बैंक खबर । सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यसमध्ये १० वाणिज्य बैंकहरुले नाफा बढाएका छन भने १० वटाको घटेको छ । 

केही बैंकको लाभांश वितरण गर्ने क्षमता बढेको छ । तर अधिकांशको घटेको छ । सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको छ । यो बैंकले सेयरधनीलाई प्रतिसेयर २९.८६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । 

एभरेष्टपछि स्टाण्डर्ड चार्टर्डको लाभांश क्षमता बढी छ । स्टाण्डर्ड चार्टर्डले २६.५० प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । तेस्रो धेरै लाभांश वितरण गर्नसक्ने बैंक कृषि विकास बैंक देखिएको छ । कृषि विकास बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत छ । 

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले लाभांश वितरण गर्ने क्षमता राख्दछन भने चार वटाले लाभांश वितरण गर्न नसक्ने भएका छन् ।

                                   वाणिज्य बैंकहरुको लाभांश क्षमता

बैंकको नाम         लाभांश क्षमता (प्रतिशतमा)  
  आर्थिक वर्ष २०८०/८१ आर्थिक वर्ष २०७९/८०
एभरेष्ट बैंक २९.८६ ३८.४२
स्टाण्डर्ड चार्टर्ड बैंक २६.५ २८.७५
कृषि विकास बैंक १७.३७ ९.२४
नबिल बैंक १४.२६ ११.७८
नेपाल एसबीआई बैंक १०.७६ १०.५८
सानिमा बैंक १०.४ १७.७८
प्राइम कमर्सियल बैंक ६.१८ ऋणात्मक
लक्ष्मी सनराइज बैंक ५.५५ ७.९८
नेपाल बैंक ५.२४
प्रभु बैंक ५.२ ऋणात्मक
सिटिजन्स बैंक इन्टरनेशनल ४.३४ ५.९६
माछापुच्छ्रे बैंक ४.०१ १४.१२
राष्ट्रिय वाणिज्य बैंक ३.७२ ६.१५
ग्लोबल आइएमई बैंक ३.०६ ९.०७
सिद्धार्थ बैंक २.६ ४.७१
एनएमबी बैंक १.३ ६.२१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक -१०.०५ -१०.१७
एनआईसी एशिया बैंक ऋणात्मक ३०.५६
कुमारी बैंक ऋणात्मक ऋणात्मक
हिमालयन बैंक ऋणात्मक ऋणात्मक
Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies