Home अर्थतन्त्र तेस्रो लगानी सम्मेलन आजदेखि सुरु
अर्थतन्त्रबैंक वित्त

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु

Share
Share

वैशाख १६, काठमाडौं । तेस्रो लगानी सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा ५५ राष्ट्रका १ हजार ६०० भन्दा बढी लगानीकर्ताहरु सहभागी भएका छन् ।  सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो ।

चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी भएका छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी भएको लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहेको छ ।

सम्मेलनका लागि एक सय ५१ वटा परियोजना सोकेसमा राखिएका छन । सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना छन् । यसैगरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ ।

सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिएका छन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५१ परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

नेपाल लगानी बोर्डका अनुसार सो सम्मेलनमा ९ खर्ब बराबरको परियोजना प्रस्तुत गरिएको छ ।

दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुने बोर्डले जनाएको छ। सम्मेलनमा यातायात, खानी तथा खनिज, पर्यटन, स्वास्थ्य, शिक्षा, उर्जा, उत्पादन, लगायतका विभिन्न क्षेत्रका परियोजनाहरु रहेका छन्।

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies