Home अर्थतन्त्र सरकारको तिर्न बाँकी ऋण झण्डै २४ खर्ब 
अर्थतन्त्रबैंक वित्त

सरकारको तिर्न बाँकी ऋण झण्डै २४ खर्ब 

Share
Share

बैंक खबर । सरकारले तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरीक ऋण दायित्व ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ छ ।

गत आसार मसान्तमा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । चैत मसान्तमा आइपुग्दा ८६ अर्ब ४४ करोड रुपैयाँले बढेको छ ।

फागुन महिनाको तुलनामा चैत मसान्तमा सरकारले तिर्नुपर्ने ऋण साढे दुई अर्ब रुपैयाँ घटेको छ । फागुन मसान्तमा सरकारले  तिर्नुपर्ने ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो । फागुन महिनामा भन्दा चैतमा ऋणको सँवा र ब्याज भुक्तानी बढी तिरेकाले तिर्नबाँकी ऋण दायित्व घटेको हो ।

सरकारको आम्दानी खुम्चिदै जाँदा ऋण लिएर ऋण तिनुपर्ने अवस्था छ । महालेखानियन्त्रकको कार्यालयका अनुसार यस वर्ष चैत मसान्तसम्म ५२ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । जुन सात खर्ब ४८ अर्ब हुन्छ । तर यो अवधिमा सरकारले नौ खर्ब नौ अर्ब रुपैयाँ खर्च गरेको छ । आम्दानी भन्दा खर्च एक खर्ब ६१ अर्ब रुपैयाँ बढी भएको छ । यहीकारण सरकारले ऋण लिएरै खर्च गरिरहेको छ भने पुरानो तिर्न बाँकी ऋणको किस्ता र ब्याज समेत ऋण लिएरै भुक्तानी गर्नुपरेको देखिन्छ ।

सरकारले ऋण तिर्नकै लागि थप ऋण लिनुपरेको तथ्यांकमा देखिन्छ । चैतसम्म सरकारले कुल दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले बाह्य ऋणको तुलनामा अन्तरिक ऋण प्राप्ती बढी गरेको छ । नौ महिनामा सरकारले बाह्य ऋण ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ लिएको छ भने आन्तरिक ऋण एक खर्ब ७६ अर्ब रुपैयाँ लिएको छ । त्यस्तै बाह्य ऋण २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋण एक खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

विकास निर्माण सुस्त हुँदा बाह्य ऋण कम प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण उठाएर खर्च गरेको देखिन्छ । 
 

All financial information at your fingertips.

📹 Watch Video

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies