Home बैंक वित्त घट्न थाल्यो बैंकहरुको निक्षेप, प्रणालीबाट एकै दिन १४ अर्ब गायब
बैंक वित्त

घट्न थाल्यो बैंकहरुको निक्षेप, प्रणालीबाट एकै दिन १४ अर्ब गायब

Share
Share

बैंक खबर । बैंकिङ प्रणालीमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २७ गतेको तुलनामा २८ गते बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ । 

चैत २७ गते ६१ खर्ब ४४ अर्ब रहेको निक्षेप चैत २८ गते ६१ खर्ब ३० अर्बमा झरेको छ । वाणिज्य बैंकहरुमा मात्रै १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा एक अर्ब रुपैयाँ घटेको छ । 

वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको सात खर्ब १५ अर्ब रुपैयाँ छ ।

बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल कर्जा पनि एक अर्ब रुपैयाँले घटेको छ । चैत २७ गते ५० खर्ब ९९ अर्ब रुपैयाँ रहेको कर्जा २८ गते ५० खर्ब ९८ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर भने ३.२६ प्रतिशत छ । चैत २७ गते अन्तरबैंक ब्याजदर ३.२२ प्रतिशत थियो ।
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies