Home बैंक वित्त प्रभु बैंकका सिनियर डेपुटी सीईओ न्यौपानेसहित दश जना पक्राउ
बैंक वित्त

प्रभु बैंकका सिनियर डेपुटी सीईओ न्यौपानेसहित दश जना पक्राउ

Share
Share

बैंक खबर । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितो राखी दुई अर्ब रूपैयाँ बराबर ऋण प्रवाह गरेको पाइएपछि सेन्चुरी बैंकका तत्कालिन सीईओद्धय मनोज न्यौपाने  (हाल प्रभु बैंकका सिनियर डेपुटी सीईओ) र तुलसीराम गौतम पक्राउ परेका हुन् । 

सीआईबीका अनुसार उनीहरुले तीन वटा कम्पनीलाई कमसल धितोमा ऋण प्रवाह गरेका थिए । पक्राउ पर्नेमा प्रभु बैंकका हालका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । यसैगरी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत र सन्ध्या श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत कर्मचारीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिने सीआईबीले जनाएको छ । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies