Home बैंक वित्त ‘बैंक तथा वित्तीय संस्थामा समस्या आउन दिँदैनौं ‘- गभर्नर अधिकारी
बैंक वित्त

‘बैंक तथा वित्तीय संस्थामा समस्या आउन दिँदैनौं ‘- गभर्नर अधिकारी

Share
Share

बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स संघले सोमबार काठमाडौंमा आयोजना गरेको छलफलका क्रममा गभर्नर अधिकारीले केन्द्रीय बैंकको नियामकीय अधिकारभित्र रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका हुन् । 

गभर्नर अधिकारीले बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या आइनसक्ने बताएका छन् । उनले बैंकहरुले गरेको कर्जाको प्रोभिजनिङ निकै राम्रो रहेको समेत बताए । यसकारण निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको उनको दाबी छ ।
     
उनले बैंकहरुलाई नाफा कमाउन मात्रै ध्यान नदिई कसरी सुरक्षित रुपमा चलिरहने भन्ने सोच्न सुझाव दिएका छन् । उनले बैंकिङ संवेदनशील क्षेत्र भएपनि समाजले बैंकिङ क्षेत्रलाई राम्रोसँग नबुझी गाली गर्ने प्रचलन बढेको बताए । 

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्नेमा उनले सचेत गराए । अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारेका छन् । 

गभर्नर अधिकारीले विगतमा बैंकहरुले धेरै सोचबिचार नगरी ठूलो रकम ऋण लगानी गरेको र ऋणीले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण नगरी ऋण लिएका कारण अहिले कर्जा असुलीमा समस्या देखिएको बताए । 

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित अनर्गल प्रचारबाजी नरोकीए समस्या आउनसक्ने बताए । बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको, रिटर्न अन इक्युटी घटिरहेको र कर्जाको माग न्यून रहेका बेला बैंकविरुद्ध सडकबाट अनर्गल प्रचारबाजी भएकोले बैंकिङ क्षेत्रले सबैको साथ खोजिरहेको बताए । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies