Home बैंक वित्त कृषि विकास बैंकले डाक्यो साधारणसभा
बैंक वित्त

कृषि विकास बैंकले डाक्यो साधारणसभा

Share
Share

बैंक खबर । कृषि विकास बैंक लिमिटेडले फागुन ३० गते बुधबार सत्रौँ वर्षिक साधारणसभा डाकेको छ। बैंकले भक्तपुरको बोडे स्थित आफ्नो केन्द्रीय तालिम प्रतिष्ठानमा साधारणसभा बोलाएको हो। साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्नेछ । 

यस्तै,  बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी लि. तथा गोबर ग्याँस कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने सञ्चालक समितिको प्रस्ताव माथि साधारणसभामा छलफल भई निर्णय हुनेछ । 

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। फागुन १५ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1066_कष_वकस_बकल_डकय_सधर.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies