Home बैंक वित्त नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम
बैंक वित्तवित्तीय साक्षरता

नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम

Share
Share

बैंक खबर । नेपालमा संस्थागत बैंकिङ्ग सेवाको शुरुवात वि.सं. १९९४ कार्तिक ३० गते नेपाल बैंकको स्थापना भएपछि मात्र भएको हो । तत्कालिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो । बैंक स्थापना हुनु भन्दा पहिले सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट गरिन्थ्यो । तत्कालिन समयमा राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञापछि देशको आवस्यकता अनुरुप बैंक स्थापना गर्न पाउँदा आफ्ना लागि ठुलो अवसर भएको बताएका थिए । 

बैंक प्रतिको बुझाई नै फरक 
तत्कालीन समयमा बैंक भन्ने शब्द नै नौलो थियो । धेरै कमले बैंक शब्द सुनेका थिए । अझ बैंकका बारेमा जानकारी राख्ने मानिस पाउन नै गाह्रो थियो । औपचारिक बैंकिङ्गको नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए । बैंक प्रतिको विश्वास पनि धेरै कममा थियो । त्यसैले बैंकको शेयर उठाउन र निक्षेप संकलन गर्न सजिलो थिएन्। त्यसैले पनि बैंकले २५ लाख रुपैयाँको मात्र शेयर निष्काशन गरेकोमा ८ लाख ४२ हजारको मात्र विक्री भएको थियो । 

यास्तो थियो नेपाल बैंकको पहिलो कारोबार 
नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । बैंक स्थापनाको पहिलो वर्ष कुल निक्षेप १७ लाख २ हजार पच्चीस रुपैयाँ संकलन गर्न सफल भएको थियो । त्यस मध्ये चल्ती निक्षेप १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ, मुद्दती निक्षेप  ३ लाख ८८ हजार ९ सय ६४ रुपैयाँ र वचत निक्षेप १४ हजार १ सय ६३ रुपैयाँ रहेको थियो । कर्जा प्रवाह १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । 

यस्तो छ बैंकिङ क्षेत्रको विकासक्रम 
नेपाल बैंक स्थापना भएको १९ बर्षपछि वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुने क्रम बढ्दै गयो । वि.स. २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा कृषि विकास बैंकको स्थापना भयो । २०४०को दशकपछि नेपमालमा निजीक्षेत्रको उदय भयो । पछिल्लो समय बैंकिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको छ । 

अहिले नेपालमा निजी र सरकारी गरि कुल २८ वटा वाणिज्य बैंकहरु छन भने ३२ वटा विकास बैंक, २४ वटा फाइनान्स कम्पनी र ९१ वटा लघुवित्त कम्पनीहरुले मुलुकभर वित्तीय कारोबार गरिरहेका छन् ।  

All banking information at your fingertips

📎 Attached Document

📄 Attached File: document_5_नपलम_बकक_इतहस_जननह.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies