कर्पोरेट । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स ३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा ३२ प्रतिशतसम्म छुट पाउनेछन् । यो छुट पाउनका लागि सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्नुपर्छ ।
स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्नेहरुका लागि ग्यालेक्सी वाच र बड्सहरू उपयोगी हुने कम्पनीको दाबी छ ।
