बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले काभ्रेको धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापछि एनआईसी एशिया बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त पाउनेछन् ।
यो छुट पाउनका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
हिमालय दृष्य रिसोर्टसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
